काठमाडौं । पूर्वमन्त्री एवम् सांसद खगराज अधिकारीले अविश्वासको प्रस्ताव ल्याउन डराउनेहरुले प्रधानमन्त्रीलाई नैतिकताको प्रश्न सोधेको टिप्पणी गरेका छन् ।
मंगलवार(आज) प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद अधिकारीले त्यस्तो टिप्पणी गरेका हुन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने र अविश्वासको प्रस्ताव फेल हुन्छ भन्दै प्रस्ताव ल्याउनका एमाले सांसदहरु डराएको र उनीहरुले नै प्रधानमन्त्रीलाई नैतिकताको प्रश्न गर्ने गरेको बताए ।
‘नैतिकता गज्जबको छ । सरकारलाई दिएको समर्थन फिर्ता गर्न डराउने अनि प्रधानमन्त्रीलाई नैतिकताको पाठ सिकाउने ? अविश्वासको प्रस्ताव फेला हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकताको प्रश्न गर्ने ?’ उनले भने ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै ठाउँ ठाउँमा गएर एमालेको मलामी जान मान्छे नपुग्ने भन्दै भाषण गर्ने तर नेकपा एमालेदेखि नै सातो जाने प्रवृती बढेको बताए ।
‘ठाउँठाउमा गएर एमालेको मलामी जान मान्छे पुग्दैन भन्ने नेकपा एमालेदेखि सातो जाने । निर्वाचनमा जान डराउने अनि दुन्दुनी बनाउने सभामुख महोदय नैतिकता कता खोज्ने ?’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया