विदेशबाट सामान खरिद गर्न सहज : ५०० डलरसम्मको सटही सुविधा पाइने

काठमाडौं । अब विदेशबाट सामान खरिद सजिलो हुने भएको छ । नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत विदेशबाट बस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न बाटो सहज बनाएपछि सामान आयातमा सहज बन्ने भएको हो ।

राष्ट्र बैंकले अनलाईनमार्फत बस्तु तथा सेवा किन्दा ५०० डलरसम्मको सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले बैंकले वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुमार्फत यस्तो सटही सुविधा दिने व्यवस्था गरेको हो । राष्ट्र बैंकले बैंकले वार्षिक अधिकतम ५०० डलरसम्म वा त्यो बराबरको अन्य मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने व्यवस्था गरेको जनाएका छ ।

राष्ट्र बैंकका अनुसार यसरी जारी भएको कार्डवाट ५ सय अमेरिकी डलरसम्मको वस्तु तथा सेवा खरिद गर्न सकिने व्यवस्था छ । प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिने छ। बैंकहरुले कार्ड जारी गर्दा सम्बन्धित प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?