नेपाल उद्योग वाणिज्य महासंघ र मुसोमबीच सम्झौता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश र मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)बीच सम्झौता भएको छ ।

शनिवार एक कार्यक्रमकाबीच आर्थिक स्रोतको खोजी, व्यवस्थापन, सम्भाव्यताको पहिचान, लगानी तथा बजारीकरण गर्न सहयोग गर्नका लागी मुसोम र महासंघबीच सम्झौता भएको हो ।

उक्त कार्यक्रममा मुसोमको तर्फबाट निर्देशक डा सुशिल कुमार शाही र नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका तर्फबाट अध्यक्ष पदम बहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

यस सम्झौता पश्चात आर्थिक तथा शैक्षिक समुन्नतीका लागि विभिन्न १७ वटा बुदाँहरु सहित सहकार्य तथा समन्वय हुने छ भने सम्झौता अवधि ५ वर्षको रहने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह, रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेल तथा अन्य सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?