काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोधेको स्पष्टीकरणमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषयमा जवाफ पठाएको छ ।
निफ्राले नेप्सेलााई जवाफ लेख्दै बैंकले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीतिभित्रकै एक हिस्सा भएको बताएको छ ।
साथै बैंकले आफ्ना वार्षिक प्रतिवेदन र साधारण सेयर निष्कासन गर्न तयार पारेको विवरण पत्रमा समेत यसअघि नै खुलस्त पारिसकेको समेत नेप्सेलाई जानकारी दिएको छ ।
यसका लागि बैंकले सम्बन्धित नियमनकारी निकायबाट लिनुपर्ने केही सहमति तथा स्वीकृतिहरु समेत लिइरसकेको स्पष्ट पारेको छ ।
निफ्राले यसलाई अन्तिमरुप दिनका लागि आवश्यक सहमति, स्वीकृतिहरु लिँदै यथाशक्य छिटो तोकिएको ब्याजदरमा बण्ड जारी गर्ने र सम्बन्धित स्टक एक्सचेञ्जमा सूचिकृत गराउने गरी बैंक अघि बढिरहेको जाकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया