काठमाडौं । विदेशमा कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट थप एक जना नेपालीको मृत्यु भएको छ । यो साता साउदी अरबमा एकजना नेपालीको संक्रमणका कारण मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले बताए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म २१ देशमा रहेका ३ सय ४२ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाका अनुसार यो साता जापान, भारत, साउदी अरब, कतार, युएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ ।
डा. सापकोटाका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ६ सय २९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीमध्ये ६१ हजार ७ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन । विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया