काठमाडौं । स्याङजामा १३ वर्षीया बालिकालाईलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हरिनाश गाउँपालिका ७ अर्गलीका ३३ वर्षीय भेल बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो।
थापाले ती बालिकालाई कात्तिक १२ गते साँझ जबरजस्ती करणी गरी गर्भवती समेत बनाएको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत स्याङजाबाट ५ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया