काठमाडौं । दाङको गढवा गाउँपालिका ३ को राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका ४ का नरसिंह यादवको छोरा १४ वर्षीय प्रविन यादव रहेका छन् ।
हिजो (आइतवार) दिउँसो नदीमा पौडी खेल्ने क्रममा डुबेर यादवको मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया