काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।
आइतवार (हिजो)बाट शुरु भएको बैठकले विभिन्न ६ वटा एजेण्ड तय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको बैठकमा पूर्व निर्धारित एजेण्डामा नै केन्द्रीय रहेर छलफल शुरु भएको स्रोतले जनाएको छ ।
आइतवारको बैठकले पार्टी कमिटीबाट रिपोर्टिङ गर्ने देखि पार्टीको नाम परिवर्तन गर्नेसम्मका एजेण्डाहरु तय भएका छन् ।
हिजोको बैठकमा सात प्रदेशका नेताहरुले प्रदेशको रिपोर्टिङ गरेका थिए ।

प्रदेश कमिटीको तर्फबाट क्रमशः प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गर्दै पार्टीको वर्तमान अवस्थाका बारेमा जानकारीसहित नेतृत्वलाई अनुरोध गरेका थिए ।
त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको अवस्थाबारे संक्षिप्तमा आफ्नो धारणा राखेका थिए । त्यसपछि पार्टी केन्द्रको तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी एकताको उद्येश्य र मर्ममाथि कसरी आक्रमण भयो भन्नेबारेमा चर्चा गरेका थिए ।
सर्वोच्चको फैसालपछि पार्टी अलग भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।
हिजो यस विषयमा पनि घनिभूत छलफल गरेको माओवादी केन्द्रले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र निर्णायक मानिएको जनता समाजवादी पार्टीसँग वार्ता गरेर अविश्वासको प्रस्ताव ल्याउने दाउ हेरिरहेको छ ।
आजको बैठकमा केन्द्रीय सदस्यहरुले आ(आफ्नो धारणा राख्ने कार्यक्रम राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया