मोटरसाईकल र स्कुटी ठोक्कियो, एकको मृत्यु

झापा झापाको दमक नगरपालिका-५ गोर्खा डिपार्टमेन्ट नजिक राजमार्गमा भएको मोटरसाईकल र स्कुटी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ ।

गए राती ९ः४५ बजेको समयमा प्रदेश१-०१-१३ प ८७६६ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउँदै गरेको मे.९प ६२१९ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक सोही ठाउँ बस्ने ५० वर्षीय ईन्द्र भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भुजेलको लाईफ लाईन अस्पताल दमकमा उपचारको लागि लैजाँदा बाटोमा नै मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा घाइते मोटरसाईकल चालक २६ वर्षीय संजोक सुन्दासको बिएण्डबि अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुर्घटना भएका दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?