जसपाले कार्यकारिणी समितिको बैठक बोलायो

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) ले चैत ५ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय, संगठनात्मक र विविध विषयमा छलफल हुने जनाएको छ । पार्टीले सम्पूर्ण पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई सम्बोधन गरेर पत्र लेखेको छ । बैठक जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ः३० बजे बस्ने छ।

जसपाका नेताहरूले आज प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेसँग सट्टा सहकार्यका लागि छलफल गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?