जसपाद्वारा कांग्रेस र एमालेसँग छलफल, देउवालाई भेटेका बाबुराम गएनन् बालुवाटार

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का नेताहरू सट्टा समीकरणका लागि छलफलमा जुटेका छन् ।

बिहिवार साँझ अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

यादव र भट्टराई काँग्रेस सभापति देउवा भेट्न उनैक निवास बूढानीलकण्ठ पुगेका थिए । भेटमा सत्ता नयाँ सरकार गठनका विषयमा सामान्य छलफल भएपनि ठोस कुनै सहमति भने नभएको बूढानीलकण्ठ स्रोतले जनाएको छ ।

आजै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भयो । छलफलमा प्रधानमन्त्री ओलीसहित एमाले नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, राजन भट्टराई सहभागी थिए भने जसपाका तर्फबाट नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोककुमार राई, लक्ष्मणलाल कर्ण सहभागी थिए ।

देउवासँग छलफलपछि यादव बालुवाटार पुगेका थिए भने भट्टराई चाहिँ सहभागी भएनन् । भट्टराईले ओलीको निरन्तर चर्को आलोचना गर्दै आएका छन् ।

ओलीसँगको भेटमा जसपाले मधेस र थरुहट आन्दोलनमा जेलमा रहेका कैदी बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनको माग अघि सारेको थियो । जसपाले अघि सारेको मागमा प्रधानमन्त्री ओली सकारात्मक रहेको जनाएको छ ।

नेकपा एमाले र जसपाबीच भोलि पुन: वार्ता हुने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?