फेरि पनि संसद् विघटन गर्नुपर्ने अवस्था सिर्जना नगरौं- अध्यक्ष तिमिल्सिना

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलको सहमतिमा संसद् सञ्चालन गर्नुपर्ने बताएका छन् ।

पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा आज १५ शय्याको नगर अस्पताल शिलान्यास समारोहमा बोल्दै अध्यक्ष तिमिल्सिनाले फेरि पनि संसद् विघटन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिनतर्फ राजनीतिक दल सचेत हुनुपर्ने बताए ।

जनताले पाँच वर्षको लागि म्याण्डेट दिएको प्रतिनिधिसभा बीचमै विघटन गर्नु राम्रो पक्ष नभएको बताउँदै मुलुकको समृद्धिको निम्ति काम गरिरहेको सरकारलाई काम गर्न नदिएर संसद् विघटन गर्नुपर्ने बाध्यता बनाउने दललाई कारबाही गर्नुपर्ने बताए ।

१५ शय्याको नगर अस्पताल आगामी १८ महिनामा पूरा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?