संखुवासभा। संखुवासभा धर्मदेबी नगरपालिका-६ फाक्सीमा करेन्ट लागेर ७ वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७ बर्षीय सिताराम बस्नेत रहेका छन् ।
आज (बिहीवार) साढे १० बजे आफ्नो घर नजिकै खेल्ने क्रममा बिजुलीको पोलबाट करेन्ट लागेको थियो ।
करेन्ट लागेका ती बालकको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया