काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उपलब्धि र आन्दोलनको रक्षाको निम्ति आफुले देशव्यापी अभियान चलाउने बताएका छन् ।
आज (बिहीवार) केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुईचार वर्ष जनताको बिचमा गएर अभियान सञ्चालन गर्ने बताएका हुन् ।
उनले भने – ‘फेरि जनतासँग जोडिने, फेरी देशव्यापी अभियान चलाउने तिर मैले सोचिराखेको छु । म काठमाडौंभन्दा अभियानमा बढी बस्ने विचार छ । फेरी दुईचार वर्ष जनताको विचमा गएर किनभने प्रतिक्रियावादी देश भित्र र बाहिरकाले निकै ठुलो षडयन्त्र हाम्रा राष्ट्रका विरुद्ध, हाम्रो आन्दोलनका विरुद्ध,हाम्रा उपलब्धी, परिवर्तन र उपलब्धी माथि धावा बोल्ने कोसिस गरेका छन् त्यसलाई परास्त गर्नुछ । मलाई विश्वास छ हामीले परास्त गरिन्छ । हामीले आफ्नै धरतीमा टेकेर मात्रै परास्त गर्न सकिन्छ । हामी आफ्नै शक्तिमा भर परेर मात्रै परास्त गर्न सकिन्छ । हामि देशका सबै सहर बजारका टोल टोल गल्ली गल्ली र गाउँघर पाखा पखेरा सबैतिर मजदुर किसान जसरी हिजो हामिले दलित, महिला, मुस्लीम आदीबासी जनजाती, मधेसी सबै सबै वर्ग तहतप्काका जनतालाई अधिकार सम्पन्न गर्ने लडाइँ लड्यौँ र हामीले जित्यौँ । हामी फेरी एकचोटी अभियान चलायौँ भने अहिले युद्ध गर्नुपर्ने स्थिति छैन । अहिले शान्तिपूर्ण ढंगले नै हामी आफ्नो खुट्टामा उभिएर जनतासँग जोडिने अभियान चलायौँ भने प्रतिक्रियावादीहरु परास्त हुन्छन् । हामी जित्छौँ ।’
कार्यक्रममा अध्यक्ष प्रचण्डले उमेरको कारणले आफु पछि नहट्ने पनि बताए । अझैपनि क्रान्तिमा अगाडी बढ्ने भन्दै अध्यक्ष प्रचण्डले आफुले क्रान्तिको नेतृत्व नछाड्ने स्पष्ट पारे ।
उनले भने –‘एकचोटी फेरी कोर्स करेक्शन गरेर प्रतिक्रियावाद र अवसरवादका विरुद्ध लड्न अगाडी बढ्नुपर्छ भन्ने संकल्प मैले लिएको छु । यद्यपी, जनयुद्ध शुरु गर्ने बेलामा म ४२/४३ वर्षको थिँए । अब अहिले ६६/६७ वर्षको भएँ । उमेरले कति दिन्छ भनेर पनि कतिपयले भन्छन् ल अब उमेर भएका त छोडिदिनुपर्छ भन्छन् । म छोड्नेवाला छैन । माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए । म एकचोटी फेरी क्रान्तिमा अगाडी जानेमा छु । तपाईहरु यो कुरामा चाहीँ विश्वस्त रहनुहोला । म छोड्नेवाला चाहिँ छैन । म लड्नेवाला नै छु । मैले लडे अहिलेपनि एउटा ब्याटल त लडे मैले अहिले र त्यो बाटल हामीले जित्यौँ पनि । र अरु दुइचार वटा ब्याटल जित्न बाँकी छ । र हामीले जित्नैपर्छ ।’
अध्यक्ष प्रचण्डले जनयुद्ध कालमा काम गरेका स्वास्थ्यकर्मीहरुलाई पार्टीमा उचित स्थान दिएर राखिने पनि बताए । आगामी केन्द्रिय समितिको बैठकले जनयुद्ध कालमा काम गरेका स्वास्थ्यकर्मीहरुको बारेमा विशेष निर्णय गर्ने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया