सुनसरी । मोटरसाइकलको ठक्करबाट सुनसरीमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी ईनरुवा नगरपालिका-८ डुम्राहा बस्ने ६० बर्षीया खट्रो उराव रहेका छन् ।
बुधवार बेलुका साढे ५ बजे भोक्राहानरसिङ-४ स्थित पूर्व-पश्चिम राजमार्गमा स४प ५७१३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाईते भएकी उरावको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको छ ।
सो दुर्घटनामा मोटरसाईकल चालक सप्तरी कैलाडी ६ बस्ने ५० बर्षीय शिव नारायण मण्डल समेत घाईते भएका छन् ।
घाइते मण्डलको गोल्डेन अस्पताल विराटगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया