काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथमा दर्शनार्थीहरुलाई सहज रुपमा पुजाआजाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।
आज बिहीवार महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थी तथा भक्तजनहरुको भीड लागेको छ । अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष दर्शनार्थीलाई मन्दिर दर्शनका लागि छिटो र सहज हुने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

११ वटा उपसमिति गठन गरी राम्रो व्यवस्थापन गरिएको महाशिवरात्रि पर्व व्यवस्थापन समितिका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । एकिकृत रुपमा सुरक्षा संयन्त्र परिचालन गरी सुरक्षाको प्रवन्ध मिलाइएको, स्वयम् सेवक पर्याप्त मात्रामा परिचालन गरिएको, भोजन, अवास, पानीको व्यवस्थापन मिलाइएको तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताए । जेष्ठ नागरिक तथा शारिरिक रुपमा अशक्त व्यक्तिहरुका लागि सुरक्षाकर्मी र स्वयम् सेवकको सहयोगमा छिट्टै दर्शन गर्न सकिने व्यवस्था मिलाईएको छ ।

अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष दर्शन गर्न सहज भएको दर्शनार्थि तथा भक्तजनहरुले बताएका छन् । महाशिवरात्रि पर्वको अवसरमा उल्लेख्य रुपमा साधुसन्त तथा भक्तजनको उपस्थिति रहेको छ । कोभिड १९ को संक्रमणबाट बच्न अनिवार्य मास्कको प्रयोग गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया