झडपपछि पार्टी कार्यालयमा प्रहरी परिचालन, एक नेता नियन्त्रणमा

टेकसिँह धामी/ धनगढी । धनगढीमा एमाले कार्यकर्ता बिच भएको झडप पछि पार्टी कार्यालयमा प्रहरी परिचालन गरिएको छ । आज (बुधवार) धनगढीस्थित सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा नेकपा एमालेका माधव नेपाल र केपी ओली पक्षका कार्यकर्ता बीच झडप भएको थियो।

पार्टी कार्यालयमा रहेको प्रदेश इन्चार्जको नेम प्लेट बाट ओली समूहले भीम रावलको हटाइ लेखराज भट्टको र अध्यक्षमा भानुभक्तको हटाएर कर्ण थापाको राखेपछि माधव समूहका कार्यकर्ताले नाराबाजी भएको थियो ।

नेम प्लेट तोडफोड गरेपछि दुवै समूहबीच झडपको अवस्था सिर्जना भएको थियो।
झडपका क्रममा प्रहरीले माधव समूहका एक नेतालाई नियन्त्रणका लिएको छ ।
उनको नाम भने खुलाइएको छैन् । पार्टी कार्यालय परिसरमा डिएसपी प्रतिक विष्टको नेतृत्वमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

यो पनि : पार्टी कार्यालयमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि एमालेका कार्यकर्ताबीच झडप

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?