संघीय संसद सचिवालयलाई पत्र : एमाले र माओवादी केन्द्रका सांसद फरक लहरमा

काठमाडौं । निर्वाचन आयोगले पठाएको एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको पत्र संसद सचिवालयमा दर्ता भएको छ । आयोगले मंगलवार नै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) साविकको अवस्थामा कायम भएको पत्र पठाएको थियो ।

संसद सचिवालयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदहरूलाई संसद बैठक कक्षमा छुट्टाछुट्टै लहरमा बस्ने व्यवस्था मिलाउने भएको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएपनि निर्वाचन आयोगले दुवै दललाई फरक-फरक दलको मान्यता दिएका कारण फरक-फरक लहरमा बस्ने संघीय संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले बताए । प्रतिनिधि सभाको बैठक आज बुधवार दिउँसो १ बजे बस्दैछ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । प्रतिनिधि सभाको बैठक आज बुधवार दिउँसो १ बजे बस्दैछ ।

सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग भएको निर्णयसँगै पार्टी एकीकरण बदर गरिदिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?