मास्क नलगाए पशुुपतिनाथको मन्दिरमा प्रवेश नपाइने

काठमाडौं । यो वर्ष मास्क नलगाए पशुपतिनाथको मन्दिरमा प्रवेश नपाइने भएको छ । कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउने भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शिवरात्रिका लागि कोषले तयारी तीब्र पारेको छ ।

दर्शनार्थीको लाइन व्यवस्थापन, सुरक्षालगायतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र कोषका सुरक्षाकर्मी गरी १० हजार सुरक्षाकर्मी खटिने जनाइएको छ । त्यसबाहेक नेपाल स्काउटका ४ हजार स्वयंसेवक पनि सक्रिय रहनेछन् । सुरक्षा, आवास, भोजनलगायतको व्यवस्थापनका लागि ११ वटा समिति बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?