काठमाडौँ- पशुपतिनाथ मन्दिरमा सुनको जलहरी फेरिएको खुशियालीमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले आज पशुपतिनाथ मूल मन्दिर परिसरमा दीपावली गरेको छ ।
पहिले तामाको जलहरी राखिएकामा राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा चाँदीको फेरिएको थियो । चाँदीको जलहरी पनि जीर्ण भएपछि गत फागुन १२ गते बुधबार पशुपति क्षेत्र विकास कोषले १०८ सुनको व्यवस्था गरेर स्वर्ण जलहरी राखेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वर्ण जलहरी राख्नुअघि पशुपतिनाथमा प्राण प्रतिष्ठासहित पूजा गरेकी थिइन् ।
यसका लागि रु ८० करोड खर्च लागेको कोषले जनाएको छ । सुनको जलहरी राख्न सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत रु ३० करोड खर्च गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १२ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्दै सुनको जलहरी राख्न सरकारका तर्फबाट सहयोग गर्ने घोषणा गरेका थिए ।
जीर्ण चाँदीको जलहरीमाथि सुनको जलहरी राखिएको खुशियालीमा दीपावली गरिएको परिषद्का उपाध्यक्ष सुदर्शन भट्टराईले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया