काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुरु भएको छ ।
केहीबेर अघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको छ । त्यस्तै पार्टी एकिकरणपछि सरकारलाई दिएको समर्थन के भन्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
आजै पार्टी केन्द्रीय कार्यालयको बोर्ड समेत फेरिने नेताहरुले बताएका छन् ।
आइतवार सर्वोच्च अदालतले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषी कट्टेललाई दिएसँगै एकिकरण भइ दुई समूहमा विभाजित नेकपा एमाले र माओवादी केन्द्रमा विभाजित भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेसँगै नेकपा ओली र प्रचण्ड(नेपाल पक्षमा विभाजित भएको थियो । त्यस्तै आइतवारको सर्वोच्चको निर्णयले पूर्व एमाले र माओवादीमा विभाजन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया