कांग्रेस नेता खड्काको निधन 

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीका पूर्व सभापति डा. भूपेन्द्रबहादुर खड्काको निधन भएको छ ।

बेनी नगरपालिका९८ संगमचोक निवासी खड्काको ८० वर्षको उमेरमा काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।

मुटु सम्बन्धी रोगले ग्रसित खड्का अकस्मात बिरामी परेपछि उनलाई आइतवार काठमाडौं ल्याईएको थियो ।

खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल जिल्ला कार्यसमितिको सभापति रहेका थिए ।

यसैक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खड्काको निधनप्रति दुख व्यक्त गरेका छन् ।

खड्काको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति भएको मैले महसुस गरेको वरिष्ठ नेता पौडेलले बताए ।

त्यस्तै यस दुखद घडीमा स्वर्गीय खड्का प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

वरिष्ठ नेता पौडेलले पशुपति आर्यघाटमा पुगेर खड्काको पार्थिव शरिरमा पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

चिकित्सक समेत रहेका खड्काका एक छोरा र एक छोरी रहेका छन् । स्वर्गीय खड्काकी श्रीमतिको २०६१ सालमा निधन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?