विप्लवले दिए सीमित नेतालाई मात्र मिडियामा बोल्ने अनुमति

काठमाडौं । सरकारसँग ३ बुँदे सहमतिपछि खुला राजनितिमा आएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केही सीमित नेतालाई मात्र मिडियामा बोल्ने अनुमति दिएको छ ।

पार्टीको बलियो अनुशासनका कारण पार्टी हेडक्वार्टरको अनुमतिबिना सञ्चारमाध्याममा बोल्न नदिइएको हो ।

पार्टी हेडरक्वार्टरले महासचिव विप्लव, प्रवक्ता वा वार्ता समितिका सदस्यबाहेक अन्य नेतालाई सञ्चारमाध्याममा अझै आफ्नो अभिव्यक्ति राख्न आज मंगलवारसम्म अनुमति नआएको ‘विप्लव’ नेतृत्व निकट स्रोतले जनाएको छ । परिवर्तित राजनीतिक अवस्थाका बारेमा पार्टीको विचार राख्न मन भए पनि पार्टीले अनुमति नदिएका कारण बोल्न नपाएको स्रोतले बतायो ।

सरकारसँग ३ बुँदे सहमतिपछि फागुन २१ गते काठमाडौंमा प्रधानमत्री केपी शर्मा ओलीसँगै एउटै मञ्चबाट महासचिव विप्लव सार्वजनिक भएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?