काठमाडौं । हेल्थ वाइज पोलिक्लिनिकको उद्घाटन गरिएको छ ।
एक कार्यक्रमकाबीच माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले हेल्थ वाइज पोलिक्लिनिकको उद्घाटन गरेकी हुन् ।
यस पोलिक्लिनिकको प्रमुख उदेश्य कस्मेटिक सर्जरी रहेको बताइएको छ ।
पोलिक्लिनिकका संचालक विजय भट्टराईले नेपालमा लेजर ट्रिटमेन्टमार्फत सबैको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने साथै उपचारको लागि विदेशिने पैसाको रोकावट हुने बताएका छन् ।

उक्त कार्यक्रममा बोल्दै कार्यक्रममा माइती नेपालकी अनुराधा कोइरालाले युवाहरुले गरेको कामलाई सरकारले पनि प्रोत्साहन र साथ दिनुपर्ने र युवाहरुले बाहिर पढेर नेपालमै काम गरेकोमा खुसी व्यक्त गरेकी छिन् ।
कार्यक्रममा बोल्दै पुर्व चिकित्सक संघका अध्यक्ष डा.अन्जनी कुमार झाले अन्य पोलिक्लिनिक भन्दा फरक सेवा सुविधा वाइजमा पाइने बताए।
यसको सेवाहरू हेयर ट्रान्सप्लान्ट, लेजर प्रविधि, तौल घटाउने, कस्मेटिक सर्जरी ,डर्माटोलोजि , इन्डोक्राइनोलोजि, नाक, कान, घाँटी, कार्डियोलोजि र अर्थोपेडिक रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया