अप्ठेरोमा गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ, अब कसरी अघि बढ्लान् ?

काठमाडौं । आइतवार सर्वोच्च अदालतले नेपाल कम्यनिष्ट पार्टी (नेकपा) को आधिकारीकताबारे फैसला गरेसँगै यतिबेला राजनीतिक संकट पैदा भएको छ ।

सर्वोच्चले ऋषी कट्टेललाई नेकपाको आधिकारीकता दिएसँगै पूर्व एमाले र माओवादी केन्द्र पुनः ब्यूतिने भएका छन् । अन्य प्रदेशहरुमा जस्तै त्यसको प्रत्यक्ष असर गण्डकी प्रदेशमा देखिएको छ ।

त्यससँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक संकटकाबीच कसरी अघि बढ्छन् भन्ने कुरालाई चासोको रुपमा हेरिएको छ ।

हाल गण्डकी प्रदेश सभामा ६० सांसद रहेका छन् । जसमध्ये गुरुङले नेतृत्व गरिरहेको नेकपा एमाले पक्षका २६ जना मात्रै सांसद रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका १५, पूर्व माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।
त्यस्तै माधव कुमार नेपाल पक्षका एक र वामदेव गौतम पक्षका एक जना सांसद रहेका छन् ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकिकरणपछि गण्डकीमा ३९ सांसद रहेका थिए । पार्टी फरक फरक भएसँगै मुख्यमन्त्री गुरुङलाई चुनौति थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?