धुम्बाराहीमा नेकपा हटाउँदै राखिएको एमालेको बोर्ड

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमालेको पार्टी कार्यालय धुम्बाराहीमा एमालेको बोर्ड राखिएको छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकरण भएसँगै राखिएको नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

सर्वोच्च अदालतको फैसलासँगै मंगलवार बिहान एक कार्यक्रमकाबीच धुम्बाराहीमा एमालेको बोर्ड राखिएको जनइएको छ ।

एमाले र माओवादी एकीकरण हुनुअघि धुम्बाराही एमालेको मुख्यालय थियो ।

आइतवार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषी कट्टेललाई दिएसँगै सोमवार देशका धेरै ठाउँहरुमा नेकपाको नाम रहेको बोर्ड हटाउँदै एमालेको बोर्ड राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?