लागूऔषध सेवन र बिक्री वितरण गर्ने ठाउँको सूचना प्रहरी पाएपछि…

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका-१० स्थितबाट लागूऔषध सहित ५ जना पक्राउ गरिएको छ ।

सोमवार राती ८ बजे ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३४ बर्षीय केशव तामाङको कोठाबाट डाईजोल्याप थान-१०, लुपिजेसिक थान-७, एभिल थान-१३ र गांजा २०० ग्राम फेला पारेको छ ।

प्रहरीले तामाङको घरमा लागूऔषध बिक्रि-वितरण तथा सेवन गर्ने गरेको गोप्य सूचनाको आधारमा तामाङ सहित सोही स्थानका २० बर्षीय एलिस खड्का, १९ बर्षीय सरन मगर, २० बर्षीय राजेश मंग्राती र १८ बर्षीय संजिब मगरलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?