टेकसिँह धामी/ धनगढी- जिल्ला कारागार कैलालीमा योग प्रशिक्षण थालिएको छ । कारागारभित्र रहेका कैदिबन्दीलाई लक्षित गर्दै योग प्रशिक्षण शिवरि शुरु गरिएको हो ।
आज (मंगलवार) बाट शुरु गरिएको प्रशिक्षणमा करिब १ सय जना कैदिबन्दीको सहभागिता रहेको योग प्रशिक्षक श्यामराज श्रेष्ठले बताए । विहान ६ बजे देखि ८ बजेसम्म योगको समय तोकिएको छ । योग शिविरको अवधी पाँच दिन रहेको उनले बताए ।
कैलाली कारागारमा जम्मा ३०० को हाराहारीमा कैदिबन्दी छन् । कारागारको ३ बल्कमा रहेका महिला तथा पुरुष बन्दीहरुलाई प्रशिक्षण दिईने छ । कारागारको २ बल्कमा पुरुष र एक बल्कमा महिला रहेको जिल्ला कारागार कैलालीले जनाएको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटी, जिल्ला स्वास्थ्य कार्यालय कैलाली र पतन्जली योग केन्द्र धनगढीको समन्वयमा प्रशिक्षण शुरु गरिएको हो ।
यस्ता छन् योगका फाइदा ?
योगले शरीर र मनलाई सन्तुलित रूपमा समन्वय गरेर हटाउँने योग प्रशिक्षक श्याम श्रेष्ठले बताए । उनले सही तरिकाले नगरिएको योगले हामीलाई फाइदा भन्दा बेफाइदा गर्छ । तर उपयुक्त तरिकाले योग गर्न सके सबै अंग, प्रत्यंग र ग्रन्थीहरूको व्यायाम हुने र अंगलाई सहज बनाइदिने बताए ।
उनले भने, ‘रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । बुढेसकालमा पनि जवान झै स्वस्थ र स्फूर्त बनाउँछ । योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ । वयस्क युवाका लागि योग कुलतबाट मुक्ति, एउटा संस्कारयुक्त बाटो अपनाउनका लगि पनि योग चाहिन्छ । मानसिक सन्तुलनका लागि अचुक औषधि सरह योग नै हो । कुनै पनि विधिबाट सन्चो नभएका बिरामीलाई पनि नियमित योगले लाभ मिल्छ ।’
११ डिसेम्बर, २०१४ का दिन बसेको संयुक्त राष्ट्रसंघको बैठकले हरेक बर्ष २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको हो । यसको प्रस्तावक भारत थियो भने नेपालले सो प्रस्तावको समर्थन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया