पछिल्लो राजनीतिक परिस्थिति कसरी उत्पन्न भयो ? जनार्दन शर्माको यस्तो टिप्पणी

काठमाडौं । पूर्व मन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले वर्तमान राजनीतिक परिस्थिति किन कमजोर भयो भन्ने मनमा प्रश्न उठिरहेको बताएका छन् ।

पार्टी एकिकरण भई पुनः पूर्ववत् (तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र) मा विभाजन हुन पुगेपछि नेता शर्माले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका हुन् ।

राजनीतिक संकट किन उत्पन्न भयो भनेर समिक्षा गर्दै लोकतान्त्रिक मुल्य, राष्ट्रिय भावना र जनउत्तरदायित्वबाट विचलित राजनीति र नेतृत्व केन्द्रमा भेटिने बताए ।

नेता शर्माले भने- ‘हामीले प्राप्त गरेको उपलब्धि समाबेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भएको वर्तमान परिस्थितिमा राजनीति किन यति कम्जोर भयो भन्ने गम्भीर प्रश्न मेरो मनमा उठिरहेको छ । आफै भित्र उत्तर खोज्दै जादा लोकतान्त्रिक मुल्य, राष्ट्रिय भावना र जनउत्तरदायित्व बाट विचलित राजनीति र नेतृत्व केन्द्रमा भेटिन्छ ।’

त्यस्तै राजनीतिक परिवर्तनको मर्मबाट प्राप्त उपलब्धिका आधारमा राज्यका संरचनाहरुको पुनर्संरचना लोकतन्त्रको सुदृढीकरण गर्ने कार्यमा लाग्नुभन्दा नेतृत्वकर्ताहरु व्यक्तिगत फाइदामा लाग्नुले नै अहिलेको परिस्थिति सिर्जना हुन पुगेको नेता शर्माको आरोप टिप्पणी रहेको छ । नेतृत्वकर्ताहरुमा राजनीतिक चेत हराउँदै जानुले पनि पछिल्लो राजनीतिक परिस्थिती आएको नेता शर्माले बताए ।

‘परिवर्तनको मर्म अनुरुप राज्यका संरचनाहरुको पुनर्संरचना लोकतन्त्रको सुदृढीकरण गर्ने कार्यले भन्दा सत्ता स्वार्थ व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्नु बाट राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुग्यो ।’ उनले भने- ‘नेतृत्वको वरिपरि आलोचनात्मक चेत हराएकाहरुको बाहुल्यता बढदै जानु पनि अर्को कारण हो ।’

राजनीतिक विचलनबाट माथि उठेर समावेशी विकास र सामाजिक न्याय सहितको राजनैतिक आदर्श र संस्कारको पुनर्संरचना गर्न युवाहरू बीच हातेमालो गर्नका लागि समेत अपिल गरेका छन् ।

‘राजनैतिक परिवर्तनका लागि भएको त्याग, बलिदान र नेतृत्वको योग्दानको उच्च सम्मान गर्दै लोकतन्त्र, राष्ट्रियता र जनताका सपना बाट विचलित विकृत राजनीति प्रति घृणा गर्दै लोकतान्त्रिक मुल्यमा आधारित पारदर्शी जीवन व्यवहार, राष्ट्रवादि भावना र जनताप्रतिको उत्तरदायित्वपुर्ण आचरणमा प्रतिबद्ध हुँदै समावेशी विकास र सामाजिक न्याय सहितको राजनैतिक आदर्श र संस्कारको पुनर्संरचना गर्न युवाहरू विच हातेमालो गरौं ।’ नेता शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?