पितृसत्तात्मक समाजको संरचना नबदली महिला मुक्ति सम्भव छैन : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा नेपाल र संसारका सबै महिलाहरूमा पूर्ण मुक्ति , समानता र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

आज (सोमवार) समाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले पितृसत्तात्मक समाजको महिलाद्वेषी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संरचना आमूलरूपमा नबदली पूर्ण महिलामुक्ति सम्भव नभएको पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘१११औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा नेपाल र संसारका सबै महिलाहरूमा पूर्ण मुक्ति,समानता र समृद्धिको हार्दिक शुभकामना१युगौंदेखिको पितृसत्तात्मक समाजको महिलाद्वेषी राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक संरचना आमूलरूपमा नबदली पूर्ण महिलामुक्ति सम्भव छैन भन्ने सधैं ख्याल राखौं !’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?