काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ‘नेकपा’ नाम विवादमा अदालतको निर्णयमा असन्तुष्टि जनाएका छन् । एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्चको फैसला न्यायलयलाई राजनीतिकरण गर्नुको परिणाम भएको टिप्पणी गर्दै मिश्रले फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
अदालतको फैसलापछि उनले आफूलाई ठिक्क पर्यो भन्न मन लागेको उल्लेख गर्दै ट्वीटरमार्फत् दलका नेताहरुलाई व्यंग्य गरेका छन् । न्यायलय, न्याय परिषद, संवैधानिक आयोग सबैतिर राजनीतिक भागबण्डा गर्नुको दुष्परिणाम आइतवारको फैसला भएको भन्दै संयोजक मिश्रले राजनीतिकरण बन्द गर्न आग्रह गरेका छन् ।
“अब फेरि न्यायलयमा राजनीतिक भागबण्डा गर्ने ? फेरि न्याय परिषद, संवैधानिक आयोगमा भागबण्डा गर्ने ? बार एसोशिएशनमा पार्टीगत प्यानल खडा गर्ने ? ‘के गरिस् मंगले आफ्नै ढङ्गले’ भनेको यही हो। भन्न त ‘ठिक्क पर्यो’ भन्न मन लागेको थियो तर भनेर के गर्नु ! अति भयो। यी सबै राजनीतिकरण बन्द गरौँ,” मिश्रले लेखेका छन् ।
आइतवार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रको एकता खारेज गरिदिएपछि सत्तारुढ ‘नेकपा’मा थप संकट देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया