सर्वोच्चको फैसला स्वीकार्ने ओली पक्षीय संसदीय दलको निर्णय

काठमाडौँ- सर्वोच्च अदालतले आइतवार गरेको फैसला नेकपा ओली पक्षले स्वीकार गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले सर्वोच्चको फैसला स्वीकार गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी सांसद खिमलाल भट्टराईका अनुसार ओलीले छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने पनि बताएका थिए ।

बैठकमा ओलीले सर्वोच्चको फैसलापछि राजनीति २०७५ जेठ ३ अघि फर्किएको बताएका थिए । ओलीले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले विश्वासको मत लिने र सरकारलाई अघि बढाउने पनि बताएको नेता भट्टराईले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओली सभामुख अग्निप्रसाद सापकोटाप्रति  आक्रोशित भएका थिए । सभामुखले  कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाएको भन्दै ओलीले आक्रोश पोखेका थिए।

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वकै नेकपालाई वैधता दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?