प्रचण्ड-माधव समूहद्वारा स्थायी कमिटी बैठक आव्हान

काठमाडौं– नेकपा प्रचण्ड–माधव पक्षले स्थायी कमिटी बैठक बोलाएको छ। आइतवार बेलुका प्रचण्ड–माधव पक्षले कानुन विद्संग परामर्श गरेपछि पार्टीभित्र छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो।

अदालतले ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिएपछि पार्टीभित्र छलफल गर्न सोमबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

नेकपा संसदीय दलको बैठक हलमा भएको छलफलमा कानुन व्यवसायीहरुले सर्वोच्चको फैसलालाई अनपेक्षित भन्दै त्यसलाई राजनीतिक फैसला भएको बताएका छन् । बैठकपछि नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डले फैसला अनपेक्षित भएको र कानुन व्यवसायीबाट पनि फैसला राजनीतिक खालको भएको कुरा आएको बताए ।

उनले सोमबारका लागि स्थायी समिति बैठक बोलाइएको र त्यसबारे थप निर्णय गरेर धारणा सार्वजनिक गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?