प्रचण्ड-नेपाल पक्षका सांसदहरु पनि सत्ता पक्षकै कुर्सीमा बस्ने

काठमाडौं । आजको प्रतिनिधि सभाको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्षका सांसदहरु सत्तापक्षकै कुर्सीमा बस्ने व्यवस्था मिलाइएको छ ।

संसद विघटन पछि दुई नेकपा दुई समूह (ओली र प्रचण्ड-नेपाल) समूहमा विभाजन भएपनि निर्वाचन आयोगले फरक फरक दलको मान्यता नदिएको कारण सत्तापक्षकै कुर्सीमा बस्ने व्यवस्था मिलाइएको हो ।

त्यसै अनुसार प्रचण्ड–नेपाल समूहका सांसदहरु सत्तापक्षको कुर्सीमै बस्ने संसद सचिवलायले जानकारी दिएको छ ।

प्रतिनिधि सभाको बारेमा जानकारी गराउँदै संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सत्तापक्षको लाइनमा नै बस्ने गरि कुर्सीको व्यवस्थापन गरिएको जानकारी गराए ।

प्रवक्ता पाण्डेका अनुसार हाउसमा सांसदहरु बस्ने कुर्सी मिलाउँदा नेकपाका दुवै समूहलाई सत्तापक्षकै लहरमा व्यवस्था मिलाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?