प्रदेश १ र वाग्मतीका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । प्रदेश १ र वाग्मती प्रदेशका विभिन्न स्थानमा आज आइतवार विद्युत आपूर्ति बन्द हुने भएको छ । वाग्मती प्रदेशको रसुवा र प्रदेश १ को इटहरीका विभिन्न स्थानमा आज विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

वाग्मती प्रदेशअन्तर्गत धुन्चे वितरण केन्द्रको सान्जेल फिडर, स्याफ्रु फिडर र रसुवागढी फिडरअन्तर्गतका क्षेत्रहरुमा आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जानेछ ।
यसैगरी प्रदेश १ अन्तर्गत इटहरी वितरण केन्द्रको उद्योग लविपुर फिडर र एनटीसी फिडरअन्तर्गतका क्षेत्रहरुमा आज पनि बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?