काठमाडौं । देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
सोलुखुम्बु, दुधकुण्ड नगरपालिका-२ फेरा बस्ने ५२ बर्षीया कुमारी कामी सोही ठाउँस्थित चादुङ खोलामा शुक्रवार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-४ डेरा गरी बस्ने भारत मोतिहारी जिल्ला ग्राम जितकैया ४ लखौरा घर भएका ३० वर्षीय अक्लेस सहनी आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, ईच्छाकामना गाउँपालिका-६ पाँचकिलोस्थित त्रिशुली नदी किनारमा पर्वत मोदी गाउँपालिका-७ बस्ने ३० वर्षीय नविन गौतम शनिवार मृत अवस्थामा फेला परेका छन् ।
उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया