काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कटाक्ष गरेका छन् । उनले आफू संसदीय दलको नेता भएपनि ‘उहाँहरुले कुन दलको हैसियतमा दलको बैठक बोलाएको’ भन्दै कटाक्ष गरे ।
‘संसदीय दलको बैठक गर्दैछन् भन्ने सुनको छु । कुन दलको हो थाहा छैन । दलको नेता म यहाँ छु । यति साह्रो नग्नताको हद ?,’ ओलीले भने, ‘आफ्नो प्रधानमन्त्री हटाएर किस्तीमा प्रधानमन्त्री लिएर खाइदिनुस् न भनेर अन्त जाने ?’
नेकपा विप्लव समूहसँग भएको सहमतिमा हस्ताक्षर कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकार सफल भएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया