काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहका महासचिव नेत्र विक्रम चन्द प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।
शुक्रवार दिउँसो काठमाडौं आइपुगेका विप्लव बालुवाटार पुगेको स्रोतले जनाएको छ ।
सरकारसँग वार्ता भएसँगै शुक्रवार बिहान पहिलोपटक सार्वजनिक भएका विप्लव नवलवरासीबाट प्रहरीको स्कर्टिङमा काठमाडौं आएका हुन् । आज नै एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यसअघि उनी आफ्ना पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा जुटेका थिए । प्रहरीको स्कर्टिङमा आएपछि बालुवाटार पुगेका उनले सरकारसँगका वार्ता टोलीका संयोजक समेत रहेका आफ्ना पार्टीका प्रवक्ता समेत रहेका खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड, काभ्रेबाट आजै रिहा भएका धर्मेन्द्र बास्तोला लगायतका नेताहरुमा लाजिम्पाटस्थित एक होटेलमा भेट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया