काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुस्कान खातुन ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’बाट सम्मानित भएकोमा बधाई दिएका छन् ।
एसिड आक्रमण पीडित खातुनलाई अमेरिकन सरकारले प्रदान गर्ने ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’बाट सम्मानित भएकोमा बधाई दिएका हुन् ।
खातुनले देखाएको साहस र एसिड आक्रमणविरुद्द जारी राखेको अभियानले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुगेको सभापति देउवाले विश्वास व्यक्त गरेका छन् ।
“तपाईले देखाएको शाहस र एसिड आक्रमण विरुद्ध जारी राखेको अभियानले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा ठूलो योगदान प्रदान गरेको छ।” सभापति देउवाले भने ।
एसिड आक्रमणमा परेकी #मुस्कान_खातुन अमेरिकन सरकारले प्रदान गर्ने #अन्तर्राष्ट्रिय_साहसी_महिला_पुरस्कारबाट सम्मानित हुनु भएकोमा
बधाई व्यक्त गर्न चाहन्छु।तपाईले देखाएको शाहस र एसिड आक्रमण विरुद्ध जारी राखेको अभियानले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा ठूलाे योगदान प्रदान गरेको छ। pic.twitter.com/eHUi3dS9tH— Sher Bahadur Deuba (@DeubaSherbdr) March 5, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया