रिहा भए विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेता धर्मेन्द्र बास्तोला रिहा भएका छन्।

सरकार पक्ष र विप्लव समूहबीच वार्ता भएसँगै नेता बास्तोला रिहा भएका हुन् ।

आगजनी लगायतका मुद्दामा जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका नेता बास्तोला शुक्रवार रिहा भएका हुन् ।

बिहीवार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएसँगै करिब दुई वर्ष लगाएको प्रतिवन्ध हटाइएको छ । प्रतिवन्ध हटाएसँगै गृहमन्त्रालयले पक्राउ गरेका विप्लवका नेता कार्यकर्तालाई रिहा गर्न सर्कुलर जारी गरेको छ।

रिहा भएलगत्तै नेता बास्तोला काठमाडौं आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?