काठमाडौं । प्रतिगमनविरुद्ध आन्दोलन गर्दै आएको बृहत् नागरिक आन्दोलने आज शुक्रवार म्यानमारको दूतावासअघि प्रदर्शन गर्ने भएको छ। म्यानमारमा सैनिक ‘कू’ को विरोधमा उत्रिएका जनतामाथि सेनाले गरेको दमनको विरोधमा नख्खु उकालोस्थित म्यानमारको दूतावासअघि बिहान ११ बजे प्रदर्शन गर्न लागिएको हो ।
निर्वाचनमा धाँधली भएको भन्दै त्यहाँको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सूचीसहित अन्य नेताहरुलाई गिरफ्तार गरी कू गरेयता म्यानमारका जनताले निरन्तर विरोध जनाइरहेका छन् । शान्तिपूर्ण विरोध प्रदर्शनलाई सेनाले हिंसात्मक तवरले दमन गर्ने प्रयास गर्दै आइरहेको छ । सो क्रममा बुधवार मात्र सेनाले चलाएको गोली लागेर कम्तिमा ३८ जना मारिएका थिए ।
अन्तराष्ट्रिय समुदायले म्यानमार सेनाको कदमको निन्दा गरिरहँदा बृहत् नागरिक आन्दोलनले आज म्यानमारको दूतावासअघि प्रदर्शन गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया