काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद पुनःस्थापनापछि बन्ने सरकारको विषयमा कांग्रेसले आधिकारिक निर्णय लिइनसकेको बताएका छन् ।
बिहीवार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता शर्माले नयाँ सरकार बनाउने विषयमा थप निर्णयमा पुग्नु आवश्यक भएको बताएका हुन् । उनले कांग्रेसले नयाँ सरकार गठनको विषयलाई झ्यालबाट चियाइरहेको बताएका छन् । ‘प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याइरहेको छ । तर, कांग्रेसले ढोका खोलेको छैन । कांग्रेसले झ्यालबाट च्याइरहेको छ । कांग्रेसले निर्णय लिएको छैन,’ उनले भने ।
प्रवक्ता शर्माले सरकार र नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीका बीचमा भएको समझदारीलाई सकारात्मक रूपमा लिएको टिप्पणी गरे । शर्माले सरकारले विगतमा कांग्रेसले १० वर्षे हिंसात्मक द्वन्द्वलाई सबैको सहकार्यमा विश्वासमा लिएर समाधान गरेको कुराबाट सिक्न नसकेको टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया