जीपको ठक्करबाट मृत्यु भएकी अञ्जुलाई न्यायको माग गर्दै कोटेश्वरमा प्रदर्शन

काठमाडौं । हिजो (बुधवार) जीपको ठक्करबाट मृत्यु भएकी १९ वर्षीया अञ्जु दाहालको दोषीलाई कारबाही र परिवारजनमा उचित राहत व्यवस्थाको माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन् ।

अञ्जुको मृत्यु भएपछि कोटेश्वर मल्टिपल क्याम्पसका विद्यार्थीले आज (बिहीवार) कोटेश्वर चोकमा प्रदर्शन गरेका हुन् । दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै उनीहरुले सडक अवरुद्ध गरेका हुन् । संयुक्त विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पसले २ घण्टा चक्का जाम र बिरोध प्रदर्शन गरेको हो ।

हिजो (बुधवार) बिहान सवा ५ बजे कलेज जाने क्रममा बाटो पार गर्दै गरेकी दाहाललाई स १ज ५६७ नम्बरको जिपले ठक्कर दिएको थियो । दुर्घटनालगत्तै पाटन अस्पताल लगिएकी उनको अस्पतालमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?