मकवानपुर । मकवानपुरको बकैयामा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
बकैया गाउँपालिका–९ का ३४ वर्षीय बद्रीलाल वाइवाको आज बुधवार खानेपानीको मुहानमा डुबेर ज्यान गएको हो ।
प्रहरीका अनुसार वाइबाको शव घरबाट दुई किलोमिटर पर हर्कपुरस्थित खानेपानी मुहानमा डुबेको अवस्थामा फेला परेको थियो ।
वाइवा छारेरोगका बिरामी रहेको बताइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया