ओली पक्षीय संसदीय दलको बैठक फागुन २२ गते, के छ ‘प्लान’ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली पक्षको संसदीय दलको बैठक फागुन २२ गते बस्ने भएको छ । फागुन २३ गते शुरू हुने प्रतिनिधि सभा अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव आएमा कसरी सामना गर्ने भन्ने विषयमा ओली पक्षले रणनीति बनाउन बैठक बस्न लागेको बालुवाटार स्रोत बताउँछ ।

ओली पक्षका नेताहरुले प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?