प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीले हटायो सुवास नेम्वाङलाई,दियो यस्तो निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले सुवास नेम्वाङलाई पार्टीको स्थायी कमिटीबाट निलम्बन गरेको छ।

आज (बुधवार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेम्वाङलाई स्थायी कमिटी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

सो निर्णयलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको एक केन्द्रीय सदस्य बताउँछन् ।
नेम्वाङलाई संसदीय दलको उपनेताबाट तीन दिनभित्र राजीनामा दिन समेत निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?