सर्वाेच्चको फैसलाले प्रचण्ड-नेपाल समूह झन् संकटमा: महेश बस्‍नेत

काठमाडौँ– नेकपा ओली समूहका नेता महेश बस्नेतले सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने परमादेश जारी गरेसँगै नेकपा दाहाल–नेपाल समूह थप संकटमा परेको दाबी गरेका छन् ।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बस्नेतले पुष्पकमल दाहाल र माधवकुमार नेपालको ओलीलाई पदच्यूत गर्ने चाहना संकटमा परेको बताएका हुन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्न चाहने प्रचण्ड–माधव समूह प्रधानमन्त्री ओलीविरूद्ध दर्ता गरेको अविश्वास प्रस्ताव पनि फिर्ता लिनुपर्ने अवस्थामा पुगेको बताए।

उनले भने, ‘उहाँहरूसँग फ्रन्ट गियर भन्दा पनि ब्याक गियर लगाउनुपर्ने स्थिति हो। पुस ५ गते उहाँहरूले हठात् प्रस्तुत गर्नुभएको अविश्वासको प्रस्ताव जसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको थियो। त्यो हिजोको बैठकबाट उहाँ ब्याक हुनुभएको, फिर्ता हुनुभएको एउटा अवस्था छ। अब भोलिका दिनमा परिस्थिति उहाँहरूको निमित्त झन् असहजातर्फ गइरहेको छ।’

नेता बस्नेतले नेपाली कांग्रेस आफ्नो आन्तरिक कारण सत्ताको खेलमा नलाग्ने स्थिति भएकाले वर्तमान सरकारलाई हटाउने कुरा निकै चुनौतीपूर्ण हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?