२७ केजी अवैध लागूऔषध चरेशसहित एक जना पक्राउ

धादिङ । गजुरी गाउँपालिका ५ घाटवेशी बजारबाट २७ केजी अवैध लागूऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गजुरी गाउँपालिका ४ धर्मेचौरका २३ वर्षीय राजकुमार चेपाङ रहेका छन् ।

चेपाङलाई आज (मंगलवार) बिहान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले चेपाङलाई जाँच गर्ने क्रममा निजले बोकी ल्याएको ३ वटा कालो झोलाभित्र उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?