झापा । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अरु कसैको इशारामा अनशन बसेको आरोप लगाएका छन् । आज मंगलवार झापास्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले डा. केसीको आलोचना गरेका हुन् ।
“आलोचना गर्ने गर्दै गर्छन् तर हामी काम गर्छौं । नदेख्न खोजेपछि केही लाग्दैन। यहाँ मेडिकल कलेज बन्छ भनेर कोही अनसन बस्छन् र कसैलाई बसाउन लगाइन्छ,” प्रधानमन्त्री ओलीले भने ।
मापदण्ड नपुगेको भन्दै लामो समयदेखि सम्बन्धन दिने प्रस्तावको विरोध हुँदै आएको दुर्गा प्रसाईको बीएण्डसी मेडिकल कलेजको क्यान्सर अस्पताललाई प्रधानमन्त्री स्वयंले सम्बन्धन दिने बचन दिएका हुन् ।
चिकित्सा शिक्षा ऐनमा एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था रहेको भन्दै डा. केसीले केयूको निर्णय मान्य नहुने बताउँदै आएका छन् । अहिले काठमाडौं विश्वविद्यालय अन्तर्गत करिब एक दर्जन मेडिकल र डेन्टल कलेज सञ्चालनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया