राजादेखि विप्लवसम्मको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौं : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राजादेखि विप्लवसम्मको प्रतिनिधित्व हुने गरी सर्वपक्षीय सम्मेलन गर्नुपर्ने बताएका छन् । विप्लव समूहसँग वार्ता गर्ने सरकारको कदमलाई सकारात्मक बताउँदै अध्यक्ष थापाले सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गर्न प्रस्ताव गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् अध्यक्ष थापाले देश र जनताको हितमा काम गर्ने नै हो भने कसैलाई पनि निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न आवश्यक रहेको धारणा सार्वजनिक गरेका हुन् ।

“नेकपा (माओवादी) विप्लव समूहसँग वार्ता हुनु सकारात्मक हो। यदी साँच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौँ,” थापाले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?